नेपालमा अहिलेसम्म कति भेटिए ओमिक्रोन संक्रमित ?

नेपालमा पछिल्लो समय कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका नयाँ संक्रमित थपिएका छैनन् । यसअघि नेपालमा सबैभन्दा पहिले २ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट भेटिएको थियो । 

त्यसको केही दिनमा अर्का एक जनामा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको थियो ।

केही दिनअघि मात्र नेपालमा २४ जना कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका थिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार त्यसपछि नेपालमा ओमिक्रोनका नयाँ संक्रमित भेटिएका छैनन् । 

यसअनुसार नेपालमा अहिलेसम्म ओमिक्रोनका २७ जना संक्रमित भेटिएका छन् ।





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १६:४८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया