आजकाे माैसम यस्ताे रहने

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली, सुदूरपश्चिम, बागमती, प्रदेश २ र प्रदेश १ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । साथै सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज (सोमबार)दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
 





  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार ७:२४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया