पर्सामा लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाकाे धाेबिनी गाउँपालिका-२ आशबारी बस्ने १९ वर्षीय पृथ्वीसिंह कुर्मी रहेका छन्।
कुर्मीलाई प्रहरीले वीरगञ्ज महानगरपालिका-१५ अलपाइनस स्कुलस्थित सडकखण्डबाट चामलकाे बाेराभित्र लुकाइछिपाइ गरी ल्याएकाे अवैध लागुऔषधसहित पक्राउ गरेकाे हाे ।
प्रहरीले उनकाे साथबाट लागुऔषध नुफ्रिन २५० एम्पुल, डाइजिपाम २५० एम्पुल र फेनारगण २५० एम्पुल गरी जम्मा ७५० एम्पुल बरामद गरेको छ ।
कुर्मीलाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।