नेकपा एमाले बाजुराको बन्दसत्र अनिश्चित, नेताहरू सहमतिको खोजीमा

नेकपा (एमाले) बाजुराको सातौं जिल्ला अधिवेशनको खुलासत्र सकिएको २ दिनसम्म पनि बन्दसत्र सुरु भएको छैन । खुलासत्र शुक्रबार नै सकिएकाे हाे ।

हिजाे (आइतबार) बिहान ११ बजे सुरु हुने भनिएकाे बन्दसत्र साँझ ५ बजे सुरु भएकाे थियाे । बन्दसत्र सुरु भएकाे डेढ घन्टामा नै स्थगित भएकाे हाे ।

सहमतिको प्रयास भइरहेकोले बन्दसत्र सुरु हुन नसकेको एमाले बाजुरा पार्टी प्रचार विभाग प्रमुख अमर खड्काले बताए ।

सहमतिमै नेतृत्व चयन गर्न शीर्ष नेताहरू सहमतिकाे प्रयास गर्दैछन् । सबैलाई कसरी मिलाएर लैजाने भन्ने विषयमा नेताहरू एकअर्काको सरसल्लाह लिन व्यस्त देखिन्छन् । 

अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि विभिन्न स्थानमा नेताहरू सहमतिका लागि जुटिरहेका नेकपा एमाले बाजुराका पार्टी प्रचार विभाग प्रमुख खड्काले जानकारी दिए ।

खड्काका अनुसार सहमति भएलगत्तै बन्दसत्र सुरु हुनेछ ।





  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार ८:४५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया