युपिएफले प्रधानमन्त्रीलाई दियो एक लाख डलरको अवार्ड

काठमाडौं– विवादका बीच काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लिडरसिप एन्ड गभर्नेन्स अवार्ड’ दिइएको छ । पुरस्कारको राशि १ लाख डलर छ ।

आइतबार भएको समापन समारोहमा आयोजक युनिभर्सल पिस फेडरेसनकी प्रमुख हक जा हन मुनले प्रधानमन्त्री ओलीलाई अवार्ड र सम्मानपत्र हस्तान्तरण गरिन् ।

पुरस्कार बापतको रकम सरकारलाई हस्तान्तरण गर्ने र युवा तथा बालबालिकाका क्षेत्रमा खर्च गर्ने योजनामा प्रधानमन्त्री रहेका प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।





  • प्रकाशित मिति : मंसिर १६, २०७५ आइतबार १९:१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया