लिग वान : बराबरीमा राेकिए लियाेन र पिएसजी

फ्रेन्च लिग वान अन्तर्गत गएराति भएकाे खेलमा घरेलु टाेली लियाेन र पेरिस सेन्ट जर्मेन (पिएसजी) ले १-१ काे बराबरी खेलेका छन् ।

सुरुवाती अग्रता जाेगाउन नसक्दा घरेलु टाेली अंक बाँड्न बाध्य बन्याे ।

खेलकाे साताैं मिनेटमै लुकास पाकेटाले गाेल गर्दै लियाेनलाई अग्रता दिलाएका थिए ।

७६औं मिनेटमा थिलो केहररले पिएसजीलाई १-१ काे बराबरीमा ल्याए ।

याे नतिजासँगै शीर्ष स्थानमा कायम रहेकाे पिएसजीले २० खेलमा ४७ अंक जाेड्दा लियाेन १९ खेलबाट २५ अंकका साथ ११औं स्थानमा  छ।





  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार ९:१२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया