रोधी घरमा झगडा गरेर बाहिर निस्केका युवकको बिजुलीबजारमा टिपरको ठक्करबाट मृत्यु

काठमाडौको बिजुलीबजारमा गएराती टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको व्यासीमा बस्दै आएका कालिकोटको पचालझरना गाउँपालिका–२ का २२ वर्षीय विपिन वि.क. रहेका छन् । 

गम्भीर घाइते भएका उनको उपचारको क्रममा मिनभवन स्थित सिभिल अस्पतालमा रातीनै मृत्यु भएको प्रहरीले जनाएको छ । 

विपिन बिजुलीबजारमा रहेको मायालु रोधी घरमा साथीहरुसँग मदिरा पिएर झगडा गरी भाग्ने क्रममा, अचानक सडकमा निस्कँदा उक्त घटना भएको महानगरीय प्रहरी वृत नयाँबानेश्वरको जनाएको छ । 

गएराती पौने ११ बजे भएको सवारी दुर्घटना लगतै टिपर सहित फरार भएका चालकको खोजी भइरहेको छ ।





  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १०:५४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया