नेपाली धावक पुष्पा भण्डारीले बंगलादेशमा भएको बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा कास्य पदक जितेकी छन् ।
दक्षिण एसियाली क्याटेगोरीतर्फ पुष्पाले कास्य पदक जितेकी हुन् । यसअघि उनले यही विधामा स्वर्ण पदक हात पारेकी थिइन् ।
तर, यस पटक भारतीय खेलाडीहरूसँग पछि पर्दै पुष्पा तेस्रो भएकी हुन् । उनले निर्धारित दुरी २ घण्टा ५५ मिनेट ३५ सेकेण्डमा पूरा गरिन् ।
उनले गत वर्ष भने सोही दुरी २ घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गरेकी थिइन् ।
पुष्पाले टाइमिङ सुधार गरे पनि स्वर्ण रक्षा गर्न भने सकिनन् ।
भारतकी आरती दत्तात्रय पाटिलले २ घण्टा ५३ मिनेट २८ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण जितिन्। भारतकै ज्योति गवाटेले २ घण्टा ५४ मिनेट १५ सेकेण्डमा दूरी पूरा गर्दै रजत हात पारिन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।