खुमलटारमै आइसाेलेसनमा छन् प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही दिनदेखि खुमलटारमै छन् ।

पार्टीको आठौं महाधिवेशन सकिएको दुई दिनपछि अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएको थियो।  उनीसहित माओवादीका दर्जन बढी नेता कोरोना भाइरसबाट संक्रमित भएपछि पार्टीका आन्तरिक कामहरू रोकिएका छन् । 

आठौं महाधिवेशन ८ दिन लगाएर सकेका प्रचण्ड त्यस बीचका दौडधुपमा रहँदा कोरोना संक्रमणको घेरामा परेका थिए । उनको निजी सचिवालयका अनुसार अहिले उनी घरमै आइसाेलेसनमा छन् । घरमै आइसोलेसनमा रहेका उनले नियमित भेटघाट बन्द गरेका छन् । 

आठौं महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गराएको थियो । लगत्तै, हिजो २५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक नेताहरूमा कोरोना संक्रमण देखिएका कारण ८ माघसम्म सारिएको छ । 

महत्वपूर्ण मानिने पार्टीको पदाधिकारी केन्द्रीय कमिटीको दोस्रो बैठकबाट चयन हुने माओवादीले बताएको थियो । तर, बैठक नै प्रभावित हुँदा पदाधिकारी चयनको विषय अन्यौल बन्दै गएको छ ।





  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १३:३४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया