बढी शुल्क लिन लागेको भन्दै मेडिकल क्षेत्रका विद्यार्थीहरू एक महिना भन्दा लामो समयदेखि आन्दोलनमा छन् । काठमाडौं विश्वविद्यालय अन्तर्गतका काठमाडौं मेडिकल कलेज, नोवेल मेडिकल कलेज र मणिपाल मेडिकल कलेजका विद्यार्थीहरू आन्दोलन उत्रिएको लामो समय बितेको छ । उनीहरू अझै पनि सडकमा विरोध प्रदर्शन गर्न बाध्य छन् । कोही विद्यार्थीहरू आमरण अनसन नै बसेका छन् ।
सम्बन्धित मेडिकल कलेजका विद्यार्थी संगठनहरूले तालाबन्दी गर्ने, नाराबाजी गर्ने, कक्षा बहिस्कार गर्ने जस्ता कार्य दिनहुँ जसो गर्दै आएका छन् । मेडिकल सञ्चालकहरूले भने शुल्कको विषय आफु कुनै पनि हालतमा पछि नहट्ने अडानमा छन् । यतिमात्र नभएर सरकारले पटक पटक दिएको निर्देशनको समेत अवज्ञा गरेर बसेका छन् ।
शुल्कको विरोधमा विद्यार्थीहरू आफ्नो पढाई छोडेर आन्दोलन गर्न थालेको एक महिना भन्दा बढी भएपछि मात्र राजनीतिक दलका विद्यार्थी संगठनहरुको ध्यान पुगेको छ ।
सत्तारुढ र प्रतिपक्षका गरी विभिन्न सात वटा विद्यार्थी संगठनहरूले बल्ल विज्ञप्ती जारी गर्दै चर्को शुल्क लिने कार्य तत्काल बन्द गर्न माग गरेका छन् । उनीहरूले आज संयुक्त विज्ञप्ती जारी गर्दै नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र मणिपाल मेडिकल कलेजले एमबीबीएस, बिएन र बिडिएसका २०२१ ब्याचका विद्यार्थीहरूबाट गैह्रकानूनी र गुण्डागर्दी शैलीमा शुल्क लिने गरेको भन्दै आपत्ति जनाएका हुन् ।
चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा चर्को शुल्क लिने, अभिभावकहरुलाई धम्कि दिने लागायतका विद्यार्थी र अभिभावकले भोगेका तमाम समस्याहरुका विषयमा संयुक्त बैठक बसेर सरकारलाई दबाब दिने निर्णय गरेका हुन् ।
उनीहरूले विभिन्न ५ सुत्रीय माग अघि सारेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।