मेलम्ची र हेलम्बुका बाढी प्रभावितको संरक्षणका लागि पूर्वमन्त्री दुलालको पहल

पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य युवराज दुलालले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा आएको बाढीबाट प्रभावितको तत्कालिन र दीर्घकालिन योजनाको बारेमा बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रदेश सरकार संचालन संयोजक समेत रहेका दुलालले मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलसँग छलफल गर्दै त्यहाँको अस्थायी संरक्षण र दीर्घकालिन योजनाका बारेमा छलफल गरेका हुन् । दुलाल सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य समेत हुन् । 

गत असारमा आएको बाढीबाट प्रभावितहरुसँग दुलाल प्रत्यक्ष सरोकार राख्दै अघि बढिरहेका छन् । बाढी आउनेबित्तिकै सो क्षेत्रमा पुगेर दुलालले आफ्नो सक्रियता देखाएका थिए । प्रदेश सरकारको नीति तथा कार्यक्रममा मेलम्ची बाढीबाट प्रभावितको लागि तत्कालिन योजना बनाउन उनले अर्थमन्त्री जमरकट्टेल समक्ष लिखित निवेदन नै गरेका छन् । 

मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका अधिकांश क्षेत्रमा बाढीले पुर्याएको क्षतिको विवरण संकलन गरेर तत्काल आवश्यक बजेट विनियोजन गर्नका लागि दुलालले पहल गरेका हुन् । मुख्यमन्त्री पाण्डे र अर्थमन्त्री जमरकट्टेलले प्रभावित क्षेत्रको संरक्षणका लागि तत्काल आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएका छन् ।





  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १६:३१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया