‘मानव बस्तीबाट कार्बनको जालो हटाउनुपर्छ’

काभ्रे– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मानव बस्तीनजिकका इँटाभट्टाबाट उत्सर्जन हुने कार्बनको जालोलाई तत्काल हटाउनुपर्ने बताएका छन् । 

आइतबार नमोबुद्ध नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले भकुण्डेस्थित इँटाभट्टाबाट उत्सर्जन हुने कार्बनले मानवीय स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेकाले यसलाई तत्काल हटाउनुपर्ने बताए ।  

‘मुलुकका जुनसुकै मानव बस्तीमा कार्बनको जालो हुनुहुन्न, यसलाई तत्काल हटाउनुपर्छ,’ मन्त्री बाँस्कोटाले भने, ’कार्बनको जालो हुनु भनेको सुन्दर, हरियाली र स्वच्छ नगरको बाधक हो, यो जनताको हितमा छैन, यसलाई हटाउनुपर्छ ।’ 

मानवबस्तीबाट टाढा इँटा उद्योग राख्न आग्रह गर्दै मन्त्री बाँस्कोटाले सरकारले सहुलियतमा वैकल्पिक व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्त गरे । 

‘निर्माण सामग्री त चाहिन्छ, तर मानव स्वास्थ्यमा प्रतिकूल असर पारेर हैन, त्यसैले यसका उद्योगीले पनि वैकल्पिक व्यवस्थापनतर्फ लाग्नुस्,’ उनले सुझाब दिए । 

इँटाभट्टाको विषयमा तत्काल छानबिन गरी मानव बस्तीबाट हटाउन स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई निर्देशन दिँदै मन्त्री बाँस्कोटाले भने, ‘कोसीको बगर तथा बीचमा भएका क्रसरको पनि तत्काल छानबिन गरी कारबाही गर्नू ।’ 





  • प्रकाशित मिति : मंसिर १६, २०७५ आइतबार २१:२१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया