शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण पुष्टि

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान पिसिआर परीक्षण गराउँदा उनमा संक्रमण पुष्टि भएको प्रेस संयोजक विमल खड्काले जानकारी दिए । 

रुघा र सामान्य खोकी लागे पनि मन्त्री पौडेलेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । उनी होम आइसोलेसनमा रहेको खड्काले बताए । 

मन्त्री पौडेलले आफ्नो सम्पर्कमा रहेका सबैजनाले सजगता अपनाउँदै केही दिन एकान्तवास बसेर कोरोना परीक्षण गराउन पनि सुझाब दिएका छन् । 

संक्रमण भएसँगै मन्त्रीको पूर्वनिर्धारित र दैनिक भेटघाटको कार्यक्रम पनि केही समयका लागि स्थगित गरिएको छ । 





  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार २०:७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया