३००औं पृथ्वीजयन्तीकाे अवसरमा नेता भीम रावलले लेखे कविता

आज पुस २७ अर्थात् राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकाे जन्मजयन्ती । आज पृथ्वी नारायण शाहकाे ३००औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी देशैभर धुमधामका साथ मनाइँदैछ ।

विभिन्न जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको सम्झनामा हरेक वर्ष पृथ्वीजयन्ती मनाइने गरिन्छ ।

पृथ्वीजयन्तीकाे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना सन्देश दिएका छन् । 

सामाजिक सञ्जालमा पृथ्वीनारायण शाहकाे याेगदान सम्झिई श्रद्धा अर्पण गर्नेहरू प्रशस्त देख्न सकिन्छ । यसै क्रममा नेकपा एमाले नेता भीम रावलले पनि कविता लेखेका छन् ।

नेता रावलले लेखेकाे कविता :

पृथ्वीतलमा पृथ्वी तिमीले नेपाल जुटायौ
एसियामाझ स्वाधीन देशको अस्तित्व जोगायौ
युगयुगसम्म सन्तति यहाँ सम्झना गर्नेछन्
सम्मानमा तिम्रो पुलकित हुँदै हृदय भर्नेछन् !





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार ९:५८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया