एमाले अछामको जिल्ला अधिवेशन : ७ सय ५० मत खस्यो, ओली र रावल पक्ष प्रतिस्पर्धामा

नेकपा एमाले अछामको आठौँ अधिवेशन सुरु भएको भएको पाँच दिन भयो । शुक्रबारबाट अधिवेशन सुरु भएको हो । अछाममा एमाले नेता भीम रावलको गृह जिल्ला हो । त्यहाँ पनि दुईजना उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । 

५ दिनदेखि सहमतिको प्रयास गर्दा पनि सहमति हुन नसकेपछि अन्ततः निर्वाचनमा भएको छ । सहमति जुटाउन एमाले केन्द्रीय सदस्य झपट बोहरा र यज्ञ बोगटी, सुदूरपश्चिम प्रदेश उपाध्यक्ष कमल तिमिल्सेना, प्रदेश सदस्यहरु र जिल्लाका नेताहरु रहेका थिए । 

मंगलबार बिहान ९ बजे देखि मतदान सुरु भएको थियो । अध्यक्षमा निवर्तमान सचिवालय सदस्यद्वय चन्द्र बोहरा र प्रकाश शाह प्यानलसहित चुनावी मैदानमा छन् ।

नेकपामा विवाद भएको समयमा बोहरा ओली पक्षका जिल्ला अध्यक्ष र शाह प्रचण्ड–माधव समूहका जिल्ला उपाध्यक्ष थिए । बोहरा केपी ओली पक्षबाट र शाह रावल पक्षबाट निर्वाचनमा लडेका छन् ।

बोहरा प्यानलको उपाध्यक्षमा भीमबहादुर विष्ट, सचिवमा आदर्श साउद, उपसचिवमा डम्बर बिसी र टोपबहादुर शाही रहेका छन् । यस्तै, शाह प्यानलमा उपाध्यक्षमा बलबहादुर कुँवर, सचिवमा भीमबहादुर रावल, र उपसचिवमा प्रेम महर र प्रेम खत्री रहेका छन् ।

उपसचिवमा लीलाराज केसी, नवराज साउद र शेरबहादुर बुढा स्वतन्त्र उम्मेदवार छन् । बोहरा प्यानलमा सचिव पदमा पूर्वमाओवादीका उम्मेदवार रहेका छन् भने शाह प्यानलको पदाधिकारीमा एमाले पृष्ठभूमिकै उम्मेदवार छन् । 



भूगोलको (स्थानीय तह), खुला, महिला, दलित, जनजाति, अपांग, अल्पसंख्यकमा समेत दुई प्यानल बनाएर चुनावी प्रतिपस्पर्धा छ । एमाले अछाममा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा पाँच पदाधिकारीसहित एक सय ५ जना निर्वाचित हुनेछन् । 

निर्वाचनका लागि अछामका ९१ वडाबाट छानिएका प्रतिनिधि र आयोजक गरेर सातसय ६२ जनाले मतदान गर्न पाउनेछन् । सोमबार बिहान ९ बजेबाट भएको मतदान मंगलबार साँझ मात्र सकिएको थियो । 



जिल्लामा ७ सय ६२ जना मतदाता रहेको अधिवेशनमा ७ सय ५० मत खसेको छ । मतदान सकिए आज रातिदेखि नै मतगणना हुने कार्यक्रम छ ।

  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार २२:४४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया