आठ सातामा आधा युरोप ओमिक्रोन संक्रमित हुनसक्छ : डब्युएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अबकाे ६ देखि ८ साताभित्रमा युरोपको करिब आधा जनसंख्या ओमिक्रोन संक्रमित हुनसक्ने बताएको छ ।

यो अनुमान २०२२ को पहिलो साता युरोपमा देखिएको करिब ७० लाख कोरोना केसबाट गरिएको हो । 

युराेपमा दुई साताभित्रै कोरोना संक्रमणदर दुईगुनाभन्दा धेरैले बढेको छ ।

स्वास्थ्य विशेषज्ञ डा. हेन्स क्लुजले पत्रकार सम्मेलनमा भने, ‘आज ओमिक्रोन पश्चिमदेखि लिएर पूर्वसम्म फैलिएको कहरको प्रतीक बनेको छ । २०२१ को अन्त्यसम्म डेल्टा भेरियन्टसँग जुधिरहेका देशमा ओमिक्रोन कहर बनिरहेको छ ।’

युरोप र मध्य एसियाका देश तीव्र गतिले फैलिएको यस भाइरसको दबाबमा रहेको उनको भनाइ छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भाइरसजत्तिको खतरनाक नभएको केही अध्ययनले जनाएका छन् । तर कोरोनाविरुद्धको पूर्ण खोप लगाएका मानिस पनि ओमिक्रोन संक्रमित भइरहेका छन् । 



कसैकसैले ओमिक्रोनलाई अत्यधिक संक्रमित पनि बताएका छन् ।
 



  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार ८:२३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया