टिटिपीका नेता माेहम्मद खुरासनी मारिए

पाकिस्तानकाे आतंककारी समूह तहरिक ए तालिबान पाकिस्तान(टिटिपी) का नेता माेहम्मद खुरासनी मारिएकाे अल्जजिरा मिडियाले बताएकाे छ ।

उनी अफगानिस्तानकाे नंगाहार प्रान्तमा मारिएका हुन् । उनी माेस्ट वान्टेडकाे सूचीमा थिए ।

अल्जजिराले सुरक्षा स्राेतले नै खुरासनी मारिएकाे बताएकाे  जनाएकाे छ । पाकिस्तानी मिडियाले पनि खुरासनी मारिएकाे समाचार प्रकाशित गरेका छन् ।

खुरासनी मारिएकाे समाचार प्रकाशित भएलगत्तै पाकिस्तानी तालिवानले अनुसन्धान जारी रहेकाे बताएकाे छ ।

गत अगस्टमा तालिबानले काबुलमा कब्जा गरेपछि खुरासनी जेलबाट बाहिरिएका थिए । त्यसपछि उनले पाकिस्तानी तालिबानसँग मिलेर केके गरे, त्यस बारेमा भने स्पष्ट हुन सकेकाे छैन ।





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार ९:७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया