विश्वमा एकैदिन थपिए कोरोनाको २८ लाखभन्दा बढी नयाँ संक्रमित

विश्वमा एकैदिन कोरोना भाइरसको २८ लाखभन्दा बढी नयाँ संक्रमति थपिएका छन् । यसअघि यति ठूलो संख्यामा एकैदिन कोरोना भाइरसको नयाँ संक्रमित थपिएका थिएनन् । 

वल्डोमिटर्सका अनुसार पछिल्लो चौबिस घण्टा अर्थात मंगलबार विश्वमा २८ लाख ९ हजार ५७० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । 

यसअघि एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित जनवरी ७ को दिन थपिएका थिए । सो दिन विश्वमा २७ लाख ८९ हजार ८४९ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । 

पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा थपिएका छन् । सो अवधिमा ६ लाख ७२ हजार ८७२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । 

वल्डोमिटर्सका अनुसार मंगलबार भारतमा १ लाख ९४ हजार ७२०, ब्राजिलमा ७१ हजार ४४७, बेलायतमा १ लाख २० हजार ८२१, फ्रान्समा ३ लाख ६८ हजार १४९, रुसमा १७ हजार ५२५, टर्कीमा ७४ हजार २६६, इटालीमा २ लाख २० हजार ५३२, जर्मनीमा ६१ हजार २०५, स्पेनमा १ लाख ३४ हजार ९४२ र अर्जेन्टिनामा १ लाख ३४ हजार ४३९ जना नयाँ संक्रमित थपिएका छन् । 

पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोनाका कारण ८ हजार २३२ जनाको मृत्यु भएको छ । 



पछिल्लो एक सातामा विश्वमा १ करोड ८३ लाख ६१ हजार २८४ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । अघिल्लो साता यो संख्या १ करोड २२ लाख ८८ हजार ६१४ रहेको थियो । 



  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार ११:३२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया