न्यायिक प्रक्रिया प्रभावकारी बनाउन सैनामैनाकाे अभियान

रुपन्देही– न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन सैनामैना नगपालिकाले अभियान सुरु गरेको छ । नयाँ व्यवस्थामा मेलमिलापको माध्यमबाट विवाद निरुपण गर्ने अधिकार स्थानीय निकायलाई छ । 

न्यायिक प्रक्रिया सहज होस् भन्ने उद्देश्यले वडाका एकसय अगुवालाई मेलमिलापसम्बन्धी प्रशिक्षण दिइएको नगरउपप्रमुख तथा न्यायिक समिति संयोजक बिना रानाले जानकारी दिइन् । 

वडाबाटै आउने साना विवाद वडामै टुंग्याउन वडाका अगुवा सचेत हुन जरुरी भएको र उनीहरूको सहयोगमा मेलमिलापकर्ताले विवाद समाधान गर्न सक्ने भएकाले पहिलो चरणमा वडाका प्रतिनिधिसँगै अगुवालाई पनि प्रशिक्षण दिन थालिएको उनले बताइन् । 

नगरप्रमुख चित्रबहादुर कार्कीले भने, ‘पहिले न्याय नपाए गोर्खा जानू भन्थे अब न्याय नपाए सैनामैना जानू भन्ने बनाउनुपर्छ ।’ मेलमिलापको माध्यमबाट विवाद निरुपण गर्ने अधिकार स्थानीय निकायलाई भएकाले न्यायिक प्रक्रिया प्रभावकारी बनाएर छिटो न्याय दिन चेतनामूलक अभियान थालनी गरिएको उनले बताए । 

न्यायिक समितिका सदस्य सविता भण्डारीका अनुसार अहिलेसम्म न्यायिक समितिमा जग्गा विवाद, घरेलु हिंसा, अंशबन्डालगायत ४० उजुरी परेका छन् । 





  • प्रकाशित मिति : मंसिर १७, २०७५ साेमबार १५:२८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया