सातामा तीन दिनको कारोबारमा निरन्तर उकालो लागिरहेको नेप्सेमा बुधबार ३०.५१ अंक घटेर २८०३.६२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.०४ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१७ अंक घटेको छ ।
आज कारोबारमा आएका २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार कित्ता सेयर ८ अर्ब ३ करोड ३२ लाख १२ हजार रुपैयाँबराबरको खरिद–बिक्री भएको छ । नेप्से घटे पनि बुधबार कारोबार रकम भने ८ अर्ब नाघेको छ ।
नेप्से परिसूचकको १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । जसमा लगानी उपसमूहको परिसूचक सबैभन्दा बढी ३.१३ प्रतिशत बढेको छ । त्यस्तै, व्यापार उपसमूहको ०.६५ प्रतिशत र उत्पादन तथा प्रशोधनको ०.०९ प्रतिशत बढेको छ ।
अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशत घटेको छ । त्यस्तै, निर्जीवन बिमा, होटल तथा पर्यटन, वित्त र विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।
नेप्से परिसूचक घटे पनि ४ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, मञ्चकन्या माई हाइड्रोपावर र सामलिङ पावरको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । तर, हिमालयन ऊर्जा विकास कम्पनी, युनियन हाइड्रोपावर र जोशी हाइड्रोपावरको सेयरमूल्य घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल बंगलादेश बैंकको २८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एचआइडिसीएलको २७ करोड, अपि पावरको २४ करोड र अपर तामाकोशीको २२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।