भारतमा एकैदिन थपिए २ लाख ४५ हजार कोरोना संक्रमित, ३७९ जनाको मृत्यु

भारतमा कोरोना संक्रमणदर घट्न सकेको छैन । २४ घण्टामा मात्र त्यहाँ २ लाख ४५ हजार ५२५ जना नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा ८४ हजार ४७९ जना निको हुँदा ३७९ संक्रमितको भने मृत्यु भएको छ ।

दैनिक भास्करका अनुसार हालसम्म भारतमा ३ करोड ६३ लाख व्यक्तिमा कोरोना पुष्टि भएको छ । जसमध्ये ३ करोड ४७ लाख जना उपचारपछि निको भएका छन् । हालसम्म भारतमा ४ लाख ८५ हजारभन्दा बढीको कोरोनाबाट मृत्यु भएको छ । 

भारतमा महाराष्ट्र, पश्चिम बंगाल र नयाँ दिल्ली सबैभन्दा बढी कोरोनाबाट प्रभावित भएका छन् । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ४६ हजार ७ सय नयाँ संक्रमित थपिँदा ३२ जनाको मृत्यु भएको छ । त्यस्तै, पश्चिम बंगालमा २४ घण्टाको अवधिमा २२ हजार १५५ जना नयाँ संक्रमित भेटिएका छन् । सो अवधिमा त्यहाँ २३ जनाको मृत्यु भएको छ । 

भारतमा तीव्र गतिमा कोरोना फैलिरहेको अर्को राज्य दिल्लीमा २४ घण्टामा २०२१ को अप्रिलयताकै बढी संक्रमित थपिएका छन् । सो अवधिमा त्यहाँ २७ हजार ५६१ जना संक्रमित थपिँदा ४० संक्रमितको मृत्यु भएको छ ।

दिल्लीमा पछिल्लो चार दिनमा ९७ जना संक्रमितको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।





  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार ९:५८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया