एकैदिन विश्वमा थपिए करिव ३२ लाख नयाँ कोरोना संक्रमित

विश्वमा पछिल्लो चौबिस घण्टामा करिव ३२ लाखमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । 

वल्डोमिटर्सको तथ्याङ्क अनुसार बुधबार विश्वमा ३१ लाख ९९ हजार ५७९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यति ठूलो संख्यामा यसअघि एकैदिन विश्वमा कोरोना संक्रमित थपिएका थिएनन् । 

यसअघि एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित जनवरी ७ का दिन विश्वमा थपिएका थिए । उक्त दिन २८ लाख ८ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

कोरोना भाइरस विश्वमा पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो । हालसम्म विश्वमा ३१ करोड ७३ लाख ८१ हजार १५६ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । कोरोनाका कारण हालसम्म ५५ लाख ३० हजार ७४७ जनाको ज्यान गएको छ । 
पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा थपिएका छन् । अमेरिकामा सो अवधिमा ८ लाख २९ हजार २०९ जना नयाँ संक्रमित थपिएका छन् । 

वल्डोमिटर्सका अनुसार बुधबार भारतमा २ लाख ४७ हजार ४१७, ब्राजिलमा ८८ हजार ४६४, बेलायतमा १ लाख २९ हजार ५८७, फ्रान्समा ३ लाख ६१ हजार ७१९, रुसमा १७ हजार ९४६, टर्कीमा ७७ हजार ७२२, इटालीमा १ लाख ९६ हजार २२४, स्पेनमा १ लाख ७९ हजार १२५, जर्मनीमा ८० हजार ५४२, अर्जेन्टिनामा १ लाख ३१ हजार ८२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । 

पछिल्लो चौबिस घण्टामा कोरोनाका कारण विश्वमा ८ हजार ३९२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अमेरिकामा २ हजार २८३, भारतमा ३८०, ब्राजिलमा १३८, बेलायतमा ३९८, फ्रान्समा २४६, रुसमा ७४५, टर्कीमा १४५, इटालीमा ३१३, स्पेनमा १२५, जर्मनीमा ३३१ र अर्जेन्टिनामा ७५ जना रहेका छन् । 



एक सातामा थपिए करिव दुई करोड संक्रमित 

वल्डोमिटर्सको तथ्याङ्क अनुसार पछिल्लो एक सातामा विश्वमा १ करोड ९० लाख ९९ हजार ४६६ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । 



अघिल्लो साताको तुलनामा पछिल्लो साता विश्वमा कोरोना संक्रमितको संख्या ४४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो साता विश्वमा १ करोड ३२ लाख ७५ हजार ७३३ जना नयाँ संक्रमित थपिएका थिए । 

पछिल्लो साता विश्वमा औषतमा दैनिक २७ लाख २८ हजार ४९५ जना नयाँ संक्रमित थपिएका छन् ।

अघिल्लो साताको तुलनामा पछिल्लो साता विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ प्रतिशतले वृद्धि भएको छ । 

पछिल्लो साता कोरोनाका कारण विश्वमा ४६ हजार ७१२ जनाको मृत्यु भएको थियो । अघिल्लो साता यो संख्या ४२ हजार १६४ रहेको थियो । 

  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार ११:५१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया