प्रधानमन्त्री देउवाको दोस्रोपटक पिसिआर परीक्षण

प्रधानमन्त्री शेरबहादुर देउवाको दोस्रोपटक पिसिआर परीक्षण गरिएको छ । स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवाको बिहीबार पिसिआर परीक्षण गरिएको बताए ।

‘प्रधानमन्त्रीज्यूको पिसिआर टेस्ट अघि नै भइसक्यो । रिपोर्ट आउन बाँकी छ’, उनले फरकधारसँग भने, ‘हामी सचिवालयमा रहेकाहरूको पनि टेस्ट भएको छ ।’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको दुई जना सुरक्षा गार्डमा कोरोना संक्रमण देखिएको छ । ३ नम्बर गेट तर्फको क्यान्टिन सञ्चालकहरू पनि संक्रमित छन् ।

प्रधानमन्त्री देउवा पनि शनिबारदेखि आइसोलेसनमा छन् । अघिल्लो दिन शुक्रबार बालुवाटारमा देउवासँगै, सत्तारूढ गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठलगायत नेताहरू बैठकमा बसेका थिए । 

दाहाल र श्रेष्ठ शनिबार कोरोना संक्रमित पुष्टि भए । त्यसपछि देउवा आइसोलेसनमा बसेका हुन् । तर, उनमा कोरोनाको लक्षणहरू भने नदेखिएको देउवाको सचिवालयले जनाएको छ ।





  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १३:३५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया