मालिकार्जुन प्रहरी चौकीमा सुरक्षाकर्मीबीच झडप, एक जना घाइते
फाइल तस्वीर

दार्चुलाको मालिकार्जुन गाउँपालिका-३ स्थित मालिकार्जुन प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीबीच झडप भएको छ । बुधबार बेलुकी ट्राफिक प्रहरी र नेपाल प्रहरीका कर्मचारीबीच झडप भएको हो ।

बुधबार साँझ करिब ७/८ बजेतिर मालिकार्जुन प्रहरी चौकीभित्रै सुरक्षाकर्मीबीच झडप भएको स्थानीयले बताएका छन् । प्रहरी चौकीमा झडप हुँदा एक जना प्रहरी कर्मचारीलाई सामान्य चोट लागेको छ ।

प्रहरी चौकी इन्चार्ज, ट्राफिक प्रहरीका कर्मचारी र प्रहरी हवल्दारबीच झडप भएको बताइएको छ ।

प्रहरी हवल्दार मदनसिंह धामीले गाडी चेकजाँच गर्ने विषय लिएर आफूमाथि हातपात भएको बताए । प्रहरी हवल्दार धामीको हातमा चोट लागेको छ ।

मालिकार्जुन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दानबहादुर साउँदले पनि प्रहरी हवल्दार धामीलाई सामान्य चोट लागेको पुष्टि गरे । चौकीभित्र सामान्य झडप भएको र आवश्यक कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

झडपमा संलग्न सुरक्षाकर्मीलाई राति नै इलाका प्रहरी कार्यालय गोकुलेश्वर पुर्‍याइएको छ । सुरक्षाकर्मी नै आपसमा झडप गर्न थालेको भन्दै स्थानीयले सुरक्षा चुनौती रहेको बताए ।





  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १३:५४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया