यतीबाट फ्लाइट बुकिङ गरी खल्तीमार्फत भुक्तानी गर्दा ४५० रुपैयाँ क्यास ब्याक

अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा ४५० रुपैयाँ क्यास ब्याक पाइने अफर ल्याएको छ । 

ग्राहकलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउन यो अफर ल्याएको खल्तीले जनाएको छ । फ्लाइट बुकिङमा क्यास ब्याक दुई चरणमा प्राप्त हुने छ । बुकिङ गर्दाको बिल रकममा १५० घट्नेछ भने बाँकी रहेको ३०० ‘खल्ती’ वालेटमा क्यास ब्याक स्वरूप प्राप्त हुनेछ । यो अफर १३ जनवरीदेखि १५ फेब्रुअरीसम्म मान्य हुने खल्तीले जनाएको छ ।

अफरबारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, 'यती एयरलाइन्ससँग मिलेर काम गरी प्रयोगकर्ताहरूका लागि फ्लाइट बुकिङ र डिजिटल भुक्तानीमा सजिलो सुविधा र पहुँच पुर्याउन पाउँदा हामी धेरै उत्साहित छौं ।' 

त्यसैगरी, यति एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्टले भने, 'हामी खल्तीसँग सहकार्य गर्न पाउँदा र प्रयोगकर्ताहरूलाई सहज फ्लाइट बुकिङको अनुभव प्रदान गर्न पाउँदा उत्साहित छौं ।'





  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १५:५६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया