उपत्यकामा थप १९१६ जनामा कोरोना पुष्टि, देशभर १४ हजार सक्रिय संक्रमित
फाइल तस्वीर

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९१६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौं जिल्लामा संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार ४४९ जना, ललितपुरमा ३१७ जना र भक्तपुरमा १५० संक्रमित थपिएका छन् ।

हाल काठमाडौं उपत्यकामा ८ हजार ३९६ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा ५ हजार ८४२, ललितपुरमा १ हजार ५९१ र भक्तपुरमा ९६३ सक्रिय संक्रमित छन् ।

नेपालमा थप ३ हजार ५५३ जनामा कोरोना पुष्टि भएको छ । यो अवधिमा १५ हजार ८१ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ३४० रहेका छन् ।





  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १६:३३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया