कोभिड–१९को सम्भावित तेस्रो लहरको रोकथामका लागि तयारी अवस्थामा रहन मुख्यमन्त्री राउतको निर्देशन
फरकधार / २९ पुस, २०७८
यो सामग्री सेयर गर्नुहोस्

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोभिड–१९को सम्भावित तेस्रो लहरको रोकथामका लागि तयारी अवस्थामा रहन सरोकारवालालाई निर्देशन दिएका छन् । 



कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टसँग लड्न प्रदेशस्थित स्वास्थ्य संस्थाको अवस्था तथा आगामी दिनमा गर्नुपर्ने तयारीबारे छलफल गर्न मुख्यमन्त्री निवासमा बिहीबार सम्पन्न प्रदेश कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (पिसिसिएमसी)को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन् ।
 
छिमेकी मुलुक भारतलगायतको देशमा बढ्दै गएको ओमिक्रोन भेरियन्टबाट प्रदेश २ पनि प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै मुख्यमन्त्री राउतले उक्त भेरियन्टसँग लड्न तयारी अवस्थामा रहनुबाहेकको अन्य विकल्प आफूहरुसँग नरहेको उनले बताए ।
 
बैठकका सहभागीले प्रदेशभरका सरकारी अस्पतालको अवस्था, कोभिड–१९ सँग लड्न आवश्यक उपकरण, किटलगायत सामग्रीको उपलब्धता तथा आगामी दिनमा व्यवस्था गर्नुपर्ने सामग्रीबारे ब्रिफिङ गरेका थिए ।



मुख्यमन्त्री राउतको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा प्रदेश सरकारका मन्त्रीका साथै सुरक्षा निकायका प्रमुख, स्वास्थ्यसँग सम्बन्धित निकायका प्रमुख, विज्ञसहितको उपस्थिति रहेको थियो ।









  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १८:२४:४५,   अन्तिम अपडेट : पुस २९, २०७८ बिहीबार १८:३५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया