करारमा नियुक्त स्वास्थ्यकर्मीको म्याद थप्ने निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि स्वास्थ्य संस्थालाई दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेको छ ।  

स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले सबै शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पताल र प्रयोगशालालाई दरबन्दीअनुसार जनशक्तिको व्यवस्थापन र करारमा लिएका जनशक्तिको अवधि तीन महिना म्याद थप गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । 

उहाँका अनुसार आजै नै ती अस्पताललाई दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन गर्न र  करारमा नियुक्त गरिएका स्वास्थ्यकर्मी र कर्मचारीको माघ महिनादेखि तीन महिनासम्म अवधि थप गर्न निर्देशन दिइसकेको बताए । ओमिक्रोन भेरियन्टका कारण अहिले संक्रमण बढेको छ । आज मात्र तीन हजार ५५३ जनामा संक्रमण देखिएको छ । 





  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १८:४२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया