प्रधानमन्त्रीको दोस्रोपटक गरिको पीसीआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवाको दोस्रो पटक गरिको पीसीआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । 

कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री देउवाले दुईपटक कोरोना परीक्षण गरिएको हो । उनको दुवै पटक रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको दुई जना सुरक्षा गार्ड, ३ नम्बर गेट तर्फका क्यान्टिन सञ्चालकहरू संक्रमित भएपछि देउवाको परीक्षण गरिएको हो ।

यसअघि शुक्रबार बालुवाटारमा देउवासँगै, सत्तारूढ गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठलगायत नेताहरू बैठकमा बसेका थिए । 

प्रचण्ड र श्रेष्ठलाई शनिबार कोरोना संक्रमित पुष्टि भएपछि पनि प्रधानमन्त्रीको पिसिआर परीक्षण गरिएको थियो । त्यतिबेला पनि उनको रिपोर्ट नेगेटिभ आएको थियो । प्रधानमन्त्री देउवा शनिबारदेखि आइसोलेसनमा छन् । 
 





  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १९:०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया