प्रचण्डको स्वास्थ्य अवस्था सामान्य, २ दिनपछि पिसिआर परीक्षण हुने

कोरोना भाइरसको संक्रमण पुष्टि भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को स्वास्थ्य अवस्था सामान्य रहेको छ । प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको र कुनै पनि लक्षण देखिएको उनकी छोरी गंगा दाहालले जानकारी दिएकी छन् । 
 
डाक्टरको सल्लाहअनुसार प्रचण्डको अबको दुई दिनमा पिसिआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमा उनको भनाइ छ ।

'बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोभिडको कुनै लक्षण नभएकोले डाक्टरको सल्लाह अनुसार अबको दुई दिनमा पिसिआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमा बस्नुहुनेछ' उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।

प्रचण्डसहित माओवादीका केन्द्रका शीर्ष नेताहरूलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।





  • प्रकाशित मिति : पुस २९, २०७८ बिहीबार १९:४५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया