हाचीकाेः जसले मालिककाे पर्खाइमा बितायाे १० वर्ष

यो कथा हाचीको नाम गरको एक कुकुरको हो, जसको इमान्दारीतको कथा आज पनि सुनिन्छ । हाचीकोलाई टोक्यो युनिभर्सिटीका प्रोफेसर एजाबुरो युनोले पालेका थिए । यी दुईबीच यति घनिष्ठता थियो कि, कुकुर आफ्ना मालिकलाई छोड्न र लिन स्टेशनसम्म पुग्ने गर्थ्याे । यतिमात्रै होइन, जब उसको मालिकको मृत्यु भयो कुकुरले आफ्नो पूरा उमेर मालिकको पर्खाइमा बिताइदियो । यो इमानदारीता चलिरहँदा शिबुआ ट्रेन स्टेशनमा कुकुरको शालिक बनाइएको छ । यो जापानको कुनै राष्ट्रिय हिरोभन्दा कम छैन ।

टोकियाे युनिभर्सिटीका प्रोफेसर एजाबुरो युनो लामो समयदेखि जापानको अकिता कुकुरको नश्ल अन्तर्गत एक कुकुर खोजिरहेका थिए । त्यही समयमा उनका एक विद्यार्थीले एजाबुरोलाई अकिता प्रान्तको ओदेत शहरबाट हाचीको नामको एक कुकुरलाई ग्रहण गर्ने सल्लाह दिएका थिए । एजाबुरो हाचीकोलाई घर लिएर आए । केही दिनमा नै यी दुई घनिष्ठ साथी बने ।

एजाबुरोले आफ्नो कुकुरलाई सबैभन्दा धेरै प्रेम गर्न थाले । हाचीको जब ठूलो भयो, ऊ आफ्नो मालिकसँग युनिभर्सिटी छोड्नका लागि शिबुआ स्टेशनसम्म पुग्न थाल्यो । बिहान एजाबुरोलाई छोड्न जान्थ्यो भने बेलुकी फर्किंदा पनि स्टेशन बाहिर नै पर्खिरहेको हुन्थ्यो । २१ मे १९२५ को दिन हाचीको आफ्नो मालिकलाई लिन स्टेशन बाहिर पर्खिरह्यो । तर एजाबुरो फर्किएनन् ।

मालिकलाई कुर्दै बिते १० वर्ष

एजाबुरो सेरेब्रेल ह्यामरेजसँग जुधिरहेका थिए । युनिभर्सिटीमा काम गर्दागर्दै उनको मृत्यु भएको थियो । त्यो दिन हाचीकोलाई एजाबुरोको मालीले स्टेशनबाट घर ल्याए । तर यसपछि पनि हाचीको स्टेशन जान भने छोडेन । हाचीको बिहान र बेलुका ट्रेनको समयमा ऊ शिबुआ स्टेशन जान्थ्यो । दिउँसो एजाबुरो आउँछन् कि भनी पर्खिन्थ्यो ।

आफ्नो जिन्दगीको १० वर्ष हाचीको यस्तै तरिकाले मालिकको सम्झनामा बतिायो । तर एजाबुरो त्यसपछि कहिल्यै फर्किएनन् । जापानको ठूलो समाचार पत्रिकाले सन् १९३२ मा हाचीकोकोे कथा छापेको थियो । त्यसपछि यसको चर्चा झन् व्यापक बन्दै गयो । पत्रिकाको उक्त कथाले उसको चर्चा यतिभयो कि उसलाई ‘चुकेन हाचीको’ नामले पुकार्न थालियो । जसको अर्थ हुन्छ, बफादार कुकुर ।



१९३४ मा शिबुआ ट्रेन स्टेशनमा हाचीकोको मूर्ति बनाइयो । सन् १९३५ मार्च ८ मा स्टेशन नजिकै उसको मृत्यु भयो । अहिले टोकियोको नेशनल म्युजियममा यसको फोटो राखिएको छ । टोकियोमा नै उसको र मालिकको मूर्ति पनि बनाइएको छ । जो हिजोआज फोटो खिच्नको लागि निकै प्रसिद्ध छ ।



  • प्रकाशित मिति : मंसिर १७, २०७५ साेमबार १९:२६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया