२४ घण्टामा थपिए विश्वभर ३१ लाख संक्रमित, ११ लाख २२ हजार डिस्चार्ज
फरकधार / ३० पुस, २०७८

गत २४ घण्टामा विश्वभर ३१ लाख ३८ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा सर्वाधिक ७ लाख ७५ हजार संक्रमित थपिँदा १ हजार ८६२ जनाले ज्यान गुमाएका छन् । 



त्यस्तै, सो अवधिमा फ्रान्समा ३ लाख ५ हजार नयाँ संक्रमित थपिएका छन् । त्यहाँ २४ घण्टाको अवधिमा २२५ संक्रमितको मृत्यु हुँदा ९३ हजार ८७८ जना निको भएका छन् । 

२४ घण्टाको अवधिमा सर्वाधिक संक्रमित थपिने देशको तेस्रो नम्बरमा भारत छ । गत २४ घण्टामा त्यहाँ २ लाख ५३ हजार ४९६ जनामा संक्रमण पुष्टि भएको छ । सो  अवधिमा भारतमा सातजनाको मृत्यु हुँदा ९० हजार ९ सय संक्रमणमुक्त भएका छन् । 



त्यस्तै, गत २४ घण्टामा इटालीमा एक लाख ८४ हजार, स्पेनमा एक लाख ५९ हजार, बेलायतमा १ लाख ९ हजार र अर्जेन्टिनामा एक लाख २८ हजार जनामा कोरोना पुष्टि भएको छ । बाँकी देशमा भने पछिल्लो २४ घण्टामा एक लाखभन्दा कम संक्रमित थपिएका छन् । 



गत २४ घण्टामा सर्वाधिक कोरोनामुक्त  फ्रान्समा भएका छन् । त्यहाँ यो अवधिमा ९३ हजार ८७८ जना कोरोना जितेर घर फर्किएका हुन् । 

समग्रमा गत २४ घण्टामा ११ लाख २२ हजार जना संक्रमणमुक्त भएका छन् । यो अवधिमा नेपालमा ३ हजार ५५३ संक्रमित थपिँदा २७१ जना निको भएका छन् । त्यस्तै, बिहीबार नेपालमा कोरोनाबाट एकजनाको मृत्यु भएको थियो । 

पछिल्लो २४ घण्टामा विश्वभर भने ७ हजार १९१ जना संक्रमितको मृत्यु भएको छ । 

  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार ७:४:३१,   अन्तिम अपडेट : पुस ३०, २०७८ शुक्रबार ७:४२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया