पल र प्रियाना अभिनित 'भतभती पोल्छ' सार्वजनिक

ओहायो निवासी गीतकार एवम व्यवसायी नारायण रसाइलीको शब्दमा रहेको सामाजिक सन्देश बोकेको म्युजिक भिडियो 'भतभती पोल्छ' सार्वजनिक भएको छ।

यस गीतमा युवा पुस्ताकि चर्चित गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ । दीप घतानीले संगीतबद्ध गरेको यस गीतको संजिव बराइलीले संगीत संयोजन गरेका हुन् । समलिङ्गी प्रेम सम्बन्ध, बिहे अनि समाजले हेर्ने दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको भिडियोमा पल शाह र प्रियाना आचार्यको फिचर्ड छन् ।

बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । तारा लोहनी रसाइली निर्मात्री रहेकी यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । भिडियो गीतकार रसाइलीको च्यानल 'नारायण रसाइली अफिसिएल' मार्फत सार्वजनिक गरिएको हो ।  

भिडियो





  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १४:२१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया