पछिल्लो एक सातामा नेप्से परिसूचक १६५.२८ अंकले बढ्यो

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६५.२८ अंकले वृद्धि भएको छ ।

गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार उकालो लाग्दा एक दिने भने गिरावट आएको छ । यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक १६५.२८ अंकले भएर २ हजार ८५७.७५ विन्दुमा पुगेर रोकिएको छ ।

अघिल्लो साता १६७.९७ अंकले बढेको नेप्से परिसूचक यो साता १६५.२८ अंकले बढेको हो । तर, गत साताको भन्दा यो साता नेप्से परिसूचक २ अंकले गिरावट आएको छ । पछिल्लो चार महिनादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बढ्दै गएको छ ।

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा उच्च अंकले वृद्धि भएको थियो । जुन दिन नेप्से परिसूचक परिसूचक ७३.०१ अंक बढेर २७६५.४७ विन्दुमा पुगेको थियो । त्यस्तै, ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इण्डेक्स १३.२१ अंक बढेको थियो भने फ्लोट इण्डेक्स ५.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५६ अंक बढेको थियो । आइतबार कारोबारमा आएका २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार कित्ता शेयर ७ अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

त्यस्तै, साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक वृद्धिमा निरन्तरता पाएको थियो । उक्त दिन नेप्से परिसूचक १९.४३ अंक बढेर २ हजार ७८४.९५ विन्दुमा पुगेको थियो । सोमबारको कारोबारमा आएका २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार कित्ता शेयर ७ अर्ब १२ करोड ३४ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार पनि  नेप्से परिसूचक ४९.१९ अंकले बढेर २ हजार ८३४.१३ विन्दुमा पुगेको थियो । त्यस्तै, यस दिन ठूला कम्पनी मूल्य मापक सेन्सेटिभ इण्डेक्स ६.३४ अंक बढेको थियो भने फ्लोट इण्डेक्स ३.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि  २.२४ अंक बढेको थियो मंगलबार कारोबारमा आएका २३२ कम्पनीको १ करोड १९ लाख ७० हजार कित्ता शेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको  थियो ।



तर, बुधबार भने सातामा तीन दिनको कारोबारमा निरन्तर उकालो लागिरहेको नेप्सेमा ३०.५१ अंक घटेर २८०३.६२ विन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.०४ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१७ अंक घटेको थियो ।

बुधबार कारोबारमा आएका २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार कित्ता शेयर ८ अर्ब ३ करोड ३२ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।  नेप्से घटे पनि बुधबारको कारोबार रकम भने ८ अर्ब माथि नाघेको थियो ।



त्यस्तै, साताको अन्तिम कारोबारको दिन बिहीबार भने बजार बढेको छ । बिहीबार नेप्से परिसूचक ५४.१२ अंक बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेको छ । ठूला कम्पनीको मूल्य मापक सेन्सेटिभ इण्डेक्स पनि ८.९४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३४ अंकले  बढेको छ । बिहीबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार कित्ता शेयर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ । गतसाता २ खर्ब  ३६ अर्ब २ करोड रुपैयाँले बढेको लगानीकर्ताको सम्पत्ति यो साता २ खर्ब ६ अर्ब ७८ करोड रुपैयाँले बढेको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कुल ३८ खर्ब ३ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । यो साता २ खर्ब  ६ अर्ब ७८ करोड रुपैयाँ सम्पत्ति बढेर  ४० खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ कायम भएको छ ।

  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १५:१४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया