नुहाउने क्रममा निसासिएर सुनिताको ज्यान गयो

स्याङ्जाको गल्याङ नगरपालिका–३ लल्याङकी ३२ वर्षीया सुनिता भट्टराईको नुहाउने क्रममा निसासिएर ज्यान गएको छ ।

आफ्नै घरको बाथरुममा ग्यास गिजरको प्रयोग गरी नुहाउने क्रममा निसासिएर शुक्रबार बिहान उनको ज्यान गएको हो । 

नुहाउन बाथरुम छिरेकोमा लामो समयसम्म बाहिर ननिस्किएपछि आफन्तहरूले ढोका फुटाई हेर्दा बेहोस अवस्थामा फेला पारेका थिए ।

लगत्तै उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा लगिएको र उनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।





  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार १६:५०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया