कांग्रेसको विज्ञप्तिपछि गोकुलले भने - जनताले वक्तव्य होइन, अतिक्रमित भूमिमा व्यावहारिक स्वामित्व मागेका हुन्
फरकधार / ३० पुस, २०७८

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारले कालापानी लिपुलेक र लिम्पियाधुरामा नेपालको व्यावहारिक स्वामित्व स्थापना गर्ने प्रक्रिया अगाडि बढाउनु पर्ने बताएका छन् । 



लिपुलेकबारे नेपाली कांग्रेसले निकालेको विज्ञप्तिपछि सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिँदै नेता बाँस्कोटाले भारतले मिचेका नेपाली भूभागमा नेपालको व्यावहारिक स्वामित्व स्थापनाका लागि प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका हुन् ।

उनले जनताले सत्तारूढ दलको कुनै घटकको लोकप्रियतावादी वक्तव्य जनताले माग नगरेको पनि उल्लेख गरेका छन् ।

'जनताले सत्तारूढ दलको कुनै घटकको लोकप्रियतावादी वक्तव्य मागेका हैनन्, नेपाल सरकारले कालापानी लिपुलेक र लिम्पियाधुरामा नेपालको व्यावहारिक स्वामित्व स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हेर्न चाहेका हुन्' उनले भनेका छन् ।



 

त्यसैगरी एमाले नेता सूर्य थापाले पनि नेपाली कांग्रेसले निकालेको विज्ञप्तिलाई लिएर टिप्पणी गरेका छन् । उनले कांग्रेस नेतृत्वको सरकार भएकाले वक्तव्यबाजी नगरेर ​समस्याको समाधान गर्नुपर्ने बताएका छन् ।

'महामन्त्रीद्वयको वक्तव्य- प्रष्ट छौं ! कुरा प्रष्टताको सार्वजनिकीकरण होइन, सरकारले समाधान गर्ने हो त ! यो सरकार कसको नेतृत्वको हो ? देउवा मौन, परराष्ट्र मन्त्रालय बेखबर, उहाँहरूको वक्तव्यबाजी ? यो के रमिता हो ?? प्रष्ट जवाफ देऊ !' उनले ट्विट गरेका छन् ।


  • प्रकाशित मिति : पुस ३०, २०७८ शुक्रबार २१:४:५९,   अन्तिम अपडेट : पुस ३०, २०७८ शुक्रबार २१:१७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया