प्रिमियर लिग : बराबरीमा राेकिए ब्राइटन र क्रिस्टल प्यालेस

इंग्लिस प्रिमियर लिग अन्तर्गत गए रातिकाे खेलमा घरेलु टाेली ब्राइटन र क्रिस्टल प्यालेसले १-१ काे बराबरी खेलेका छन् ।

फाल्मेर स्टेडियममा सुरुवाती अग्रता जाेगाउन नसक्दा क्रिस्टल प्यालेस अंक बाड्न बाध्य बन्याे ।

खेलकाे ६९औं मिनेटमा काेनाेर गाल्गेरले गाेल गर्दै क्रिस्टललाई अग्रता दिलाएका थिए ।

त्यसअघि ३८औं मिनेटमा पाएकाे पेनाल्टीलाई पास्कल ग्राेसले सदुपयाेग गर्न नसक्दा ब्राइटन अग्रता लिनबाट चुकेकाे थियाे ।

८७औं मिनेटमा जाेचिम एन्डरसनले आत्माघाती गाेल गरेपछि खेल १-१ काे बराबरीमा सकिएकाे हाे। 

याे नतिजासँगै ब्राइटन २० खेलमा २८ अंकका साथ आठाैं स्थानमा रहँदा एक खेल बढी खेलेकाे क्रिस्टल २४ अंक जाेडेर ११औं स्थानमा छ ।
 





  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार ९:१८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया