स्विडेनका प्रधानमन्त्रीलाई काेराेना संक्रमण

स्विडेनकी प्रधानमन्त्री मग्डालेना एन्डर्सन काेराेना संक्रमित भएकी छन् । सञ्चार सचिवले उनी काेराेना संक्रमित भएकाे पुष्टि गरेका हुन् ।

सञ्चारसचिवका अनुसार उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ । उनी अहिले सेल्फ आइसाेलेसनमा रहेकी छन् । उनले आइसाेलेसनबाटै गर्न मिल्ने काम गर्ने बताइएकाे छ ।

उनले आफ्नाे सम्पर्कमा आएका सबैलाई काेराेना परीक्षण गर्न आग्रह समेत गरेकी छन् ।

जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार स्विडेनमा १५ लाख ६० हजार ३६३ जनामा काेराेना संक्रमण भइसकेकाे छ भने १५ हजार ५१३ जनाले ज्यान गुमाइसकेका छन् ।

स्विडेनमा ७२.४९ प्रतिशतले काेराेनाविरुद्धकाे पूर्ण खाेप लगाएका छन् ।
 





  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार ११:१३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया