विष्णु पाैडेललाई पनि काेराेना

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल काेराेना संक्रमित भएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफू काेराेना संक्रमित भएकाे जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘परीक्षणबाट कोभिड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षासहित आइसोलेसनको यात्रा आरम्भ भयो ।’ 

उनी आफ्नाे निवास भैंसेपाटीमा आइसाेलसेनमा बसेका छन् ।

पछिल्लाे समय नेताहरूमा धमाधम काेराेना संक्रमण भइरहेकाे छ । माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता प्रकाशशरण महतलगायतका नेताहरू काेराेना संक्रमित भई आइसाेलेसनमा बसेका छन् ।




 



  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार १३:२३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया