पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि

नेकपा एमालेका नेता तथा पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुखसमेत रहेका ढकाललाई कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका छन् । उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, 'आज गरिएको परीक्षणबाट मलाई कोभिड १९ पोजिटिभ देखिएको छ । केही दिन घरमा नै आराम गर्नु पर्ने भयो ।'

एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । पौडेलले शनिबार कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । 

उनले स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेको बताए । एमाले नेताहरू जिल्ला अधिवेशनमा सक्रिय रहेका शीर्ष नेतालाई कोरोना संक्रमण भएको हो ।





  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार १५:२३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया