नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार नाघेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको हो ।
आज १४ हजार ५५६ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाको छ । आज ३५० जना संक्रमणमुक्त छन् भने कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।