काठमाडौं उपत्यकामा थपिए २२१९ कोरोना संक्रमित
फाइल तस्वीर

काठमाडौं उपत्यकामा २ हजार २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १५९१, ललितपुरमा ४८६ र भक्तपुरमा १४२ जनामा कोरोना पुष्टि भएको हो ।

उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ६३६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त हुँदा ४ जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ । 





  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार १६:३७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया