काठमाडौं उपत्यका र भारतसँग सीमा जोडिएका जिल्लामा कोरोना तीव्र, यी हुन् कोरोना संक्रमण उच्च भएका १० जिल्ला

अहिले देशभरका ७७ जिल्लामै कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १० वटा जिल्लामा भने सङ्क्रमण उच्च देखिएको छ।

काठमाडौं उपत्यका तीन जिल्लामा उच्च संक्रमण देखिएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुरपछि भारतसँग सीमा जोडिएका जिल्लामा कोरोना संक्रमण तीव्र रूपमा फैलिन थालेको छ। 

उच्च संक्रमण भएका अन्य जिल्लामा मोरङ, सुनसरी, चितवन, मकवानपुर, कास्की, रुपन्देही र कैलाली रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

शनिबार मात्रै काठमाडौंमा एक हजार ५९१, भक्तपुरमा १४२, ललितपुरमा ४८६, मोरङमा १०४, सुनसरीमा ११६, चितवनमा २०५, मकवानपुरमा ८३, रुपन्देहीमा ९३ र कैलालीमा १०७ जनामा संक्रमण पुष्टि भएको छ।

अहिले देशभर २१ हजार ५८४ जना सक्रिय संक्रमित छन्। तीमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा छन् । हाल काठमाडौंमा नौ हजार ६१, ललितपुरमा दुई हजार ३८२ र भक्तपुरमा एक हजार ३७१ सक्रिय संक्रमित छन् ।





  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार १७:२०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया