कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले स्वास्थ्य सुरक्षा सावधानी आदेश जारी गरेको छ ।
कोभिड–१९ को बढ्दो संक्रमण रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउनका लागि भन्दै सहायक प्रमुख जिल्ला अधिकारी कृष्णानन्द जोशीले अर्को सूचना नभएसम्म लागू हुने गरी स्वास्थ्य सुरक्षा सावधानीसम्बन्धी ५ बुँदे आदेश जारी गरेका हुन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृह–मन्त्रालयको निर्णय, संक्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गर्दै स्वास्थ्य सुरक्षा सम्वन्धी आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।