लिग वानमा पिएसजीको सहज जित

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । गएराति भएको खेलमा पिएसजी ब्रेस्टविरुद्ध २-० गोल अन्तरले विजयी भएको हो । 

पार्क डेस प्रिन्सेसमा पिएसजीलाई जित दिलाउन केलियन एमबाप्पे र थिलो केहररले गोल गरे । खेलको ३२ औं मिनेटमा एमबाप्पेको गोलमार्फत पिएसजीले खेलमा अग्रता लिएको थियो ।

५३ औं मिनेटमा केहररले गोल गर्दै टोलीलाई सहज जित दिलाए । यो जितसँगै शीर्ष स्थानमा कायम रहेको पिएसजीले २१ खेलमा ५० अंक जोडेको छ ।

ब्रेस्ट २५ अंकका साथ १३ औं स्थानमा छ ।  





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार ८:१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया