कलंकीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

काठमाडौंको कलंकीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।  

मृत्यु हुनेमा रुकुमपूर्व घर भएर हाल काठमाडौंको मनमैजु बस्ने २१ वर्षीय संगीत बुढामगर रहेका छन् । प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा शनिबार राति पौने ८ बजे मृत्यु भएको हो । 

स्वयम्भूतर्फ जाँदै गरेको बा ६ ख १४५९ नम्बरको बसले बागमती प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई शनिबार बेलुकी सवा ७ बजे कलंकीमा ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक रुकुमपूर्व घर भई काठमाडौंको बसन्तपुर बस्ने २३ वर्षीय विवित बुढामगर घाइते भएका छन् । उनको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १०:१०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया