पशुपतिनाथ धर्मशाला अनुगमनपछि मन्त्री आले भने - अनुमतिबिना काम गरेको पाइयो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशालामा अनुमति नलिइकनै काम गरेको पाइएको बताएका छन् ।

आइतबार बतास समूहले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको अनुगमनपछि मन्त्री आलेले यस्तो बताएका हुन् । पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र छानबिन समितिका सदस्यसहित अनुगमनमा पुगेका मन्त्री आलेले धर्मशालाका कतिपय कोठा निजीलाई दिइएको र कतिपय काम पशुपति क्षेत्र विकास कोषसँग अनुमति नलिइकनै गरिएको पाइएको बताए । उनले टेण्डर निकाल्ने बेला पनि पशुपति क्षेत्र विकास कोषको परिषद्को बैठकबाट यो अनुमोदन नगरेको पाइएको बताए ।

‘अनुगमन गरियो, कतिपय कोठा प्राइभेटलाई दिइएको रहेछ । त्यो दिनै नमिल्ने काम भएको रहेछ । कतिपय पशुपति क्षेत्र विकास कोष समितिसँग अनुमति लिएर गर्नुपर्ने काम पनि नगरिएको देखियो । सबैभन्दा पहिलो त यो टेण्डर निकाल्ने बेला पनि पशुपति क्षेत्र विकास कोषको परिषद्को बैठकबाट यो अनुमोदन हुनुपर्दो रहेछ । त्योसमेत नभएको, थुप्रै त्यस्ता काम देखिएका छन् । भोलि हाम्रो प्रतिवेदन आउँछ, त्यसपछि त्यही आधारमा हामी अघि बढ्छौँ,’ मन्त्री आलेले भने ।

पर्यटनमन्त्री आलेले भोलि (सोमबार) छानबिन समितिले प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनको आधारमा अघि बढ्ने बताए ।





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १३:५८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया