अभिभावक र नोबेलबीचको सहमतिमा विद्यार्थी संगठनको आपत्ति
फाइल तस्वीर

अभिभावक र नोबेल मेडिकल कलेजबीच भएको सहमतिप्रति विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । आइतबार अनेरास्ववियु, चिकित्सा शिक्षा संघर्ष समिति, नेपाल विद्यार्थी संघ, नेकपा (एस) निकट अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै अतिरिक्त शुल्क लिएको विरोधमा भइरहेको आन्दोलन नरोकिने बताएका हुन् ।

उनीहरूले केही अभिभावकले आर्थिक प्रलोभनमा परेर नोबेल मेडिकल कलेजसँग सहमति गरेको आरोप लगाएका छन् । 'आर्थिक प्रलोभनमा परेर ४ जना बिकाउ अभिभावकले संयुक्त विद्यार्थी संगठन, चिकित्सा शिक्षा संघर्ष समिति, पीडित विद्यार्थी र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिको अनुपस्थितिमा गरेको सहमति हामीलाई मान्य छैन’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले उक्त निर्णय सच्याउन र ऐन कानुन नमान्ने माफियालाई गिरफ्तार गरी कारबाही गर्न जोडदार माग गरेका छन् । उनीहरूले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क र निर्देशन अक्षरशः पालना गर्नु पर्नेमा एकमत रहेको पनि बताएका छन् ।





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १४:४५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया