बैतडी हत्या प्रकरणमा थप एक जना नियन्त्रणमा
सांकेतिक तस्बीर

बैतडीको सुर्नया गाउँपालिका-६ का ३० वर्षीय डम्मर अवस्थीको हत्या प्रकरणमा थप एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

डम्मरकै गाउँका नवराज अवस्थीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। यसअघि डम्मरको हत्या आरोपमा सोही ठाउँका हरिश अवस्थीलाई प्रहरीले पक्राउ गरेको थियो । 

हरिशले डम्मरको हत्या गरेको स्वीकार गरेको बताइएको छ । 

यता डम्मरका परिवारजनले भने हत्यामा संलग्न सबैको पहिचान गरी कानुनी दायरमा नल्याउँदासम्म शव नबुझ्ने अडान लिएका छन् । 

यस्तै उनीहरूले क्षतिपूर्तीको समेत माग गरेका छन् । डम्मरको शव पोस्टमार्टमपछि जिल्ला अस्पतालमै राखिएको छ। 

गएको बुधबार घर नजिकैको धुरा जंगलमा १५ फिट गहिरो गुफामा डम्मरको शव गाडेको अवस्थामा फेला परेको थियो ।
 





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १६:२८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया