नेपालमा पछिल्लाे २४ घन्टामा थप ४ हजार ९६१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।
देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५६२ जनाकाे काेराेना परीक्षण गरिएकाे थियाे ।
यही अवधिमा थप ३ जना काेराेना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ६२० पुगेकाे छ ।
थप ४३५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर २५ हजार ६८० सक्रिय संक्रमित रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।